बजेट र काम दुबै बढाऊ

त्रिदेशीय सडकको मुख्य खण्डका रुपमा रहेको दैलेख महावु सडक खण्ड अग्लो भू–भागमा रहेको सडक मध्ये पर्दछ । समुन्द्र सतहदेखि करिव ४ हजार फिट उचाईमा पर्ने यो क्षेत्रमा कडा चट्टान रहेको अवस्था छ । कडा चट्टानसँगै भौगोलिक कठिनाईका कारण यस क्षेत्रमा काम गर्न चुनौति छँदैछ भने अर्कोतर्फ उचित बजेट नभएका कारण पनि यो क्षेत्रको सडक विस्तारको काम उल्लेख्य मात्रामा सुरु हुन सकेको छैन् ।

कर्णालीका ७ जिल्ला र तीनवटा देशको त्रिदेशीय सडकको रणनीतिक महत्व बोकेको यो सडक निर्माणमा सरकारले जसरी प्राथमिकतामा राखेको छ सोही अनुसार बजेटको अंश बढाएको देखिदैन सिमित बजेटमा कठिन काम गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै यो वर्षबाट सरकारले बजेटको प्रभावकारी परिचालन गर्न सकेको खण्डमा यो क्षेत्रमा अवरुद्ध केही स्थानहरुमा सडक सञ्चालन हुने र सडक सञ्चालनमा आएलगत्तै कर्णालीका बासिन्दाहरुको यात्रा सुरक्षित र छोटो हुनेछ ।

केन्द्र सरकारले कर्णाली प्रदेशको रणनैतिक महत्व बोकेको यस्तो सडक निर्माणका लागि यस आर्थिक वर्षबाट न्यूनतम एक अवै बरावरको रकम दैलेखको महावु खण्डमा मात्रै विनियोजन गरेको खण्डमा आगामी वर्षमा यस क्षेत्रको सडक विस्तारमा सहता हुने र त्यो सँगै कालिकोट जुम्ला सम्मका सडक जोडिएको खण्डमा अहिलेको कर्णाली राजमार्गको सडकको यात्रा ७९ किलोमिटर छोटो हुने देखिएको छ ।

अर्कोतर्फ बिनियोजन भएको बजेटको प्रभावकारी कार्यान्वयका लागि सम्बन्धित स्थानीय तहहरु, जिल्लाका राजनीतिक दलहरु, नागरिक समाज, उद्योग बाणिज्य संघको पनि महत्वपूर्ण योगदान हुनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार